सुनको मूल्य तोलामा १ हजार एक सयले घट्यो

सुनको मूल्य तोलामा १ हजार एक सयले घट्यो

२०७८, चैत्र ९ बुधवार

  • 1.3K
    SHARES

  • सुनको मूल्य तोलामा १ हजार एक सयले घट्यो

    काठमाडौँ । सुनको मूल्य बुधबार १ हजार १ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

    यसअघि, मंगलबार सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ तोकिएको छ ।

    चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

    २०७८, चैत्र ९ बुधवार११:३६:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार