काठमाण्डौ । कम्पनीले कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।
कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिने छ ।
न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । चैत २१ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । आफ्नो बैङ्क खाता रहेको शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ५७ पैसा छ । कम्पनीले निर्माण गर्ने जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ बराबर छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ३६ मेगावाट क्षमताको अपर बलेफी ए आयोजना निर्माण गरिरहेको छ ।