भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने

२०७८, चैत्र १९ शनिवार

  • 737
    SHARES

  • भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने

    काठमाडौँ । भारतले नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।

    आज (शुक्रबार) प्राप्त मूल्यसूचीअनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ ।

    नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा मात्रै प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ । त्यसअनुसार प्रति सिलिन्डर ग्याँसमा निगमलाई ९ सय ५३ रुपैयाँ ६६ पैसा घाटा छ ।

    यस्तै, मट्टितेलको मूल्य २२ रुपैयाँ १८ पैसा बढेर आएको छ भने डिजेलको मूल्य स्थिर छ । पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेको छ ।

    निगमले यसअघि २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । नयाँ मूल्य सूचीका आधारमा निगमलाई प्रति महिना करिब १० अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको छ । २०७८/७९ मा मात्रै निगमले ३२ अर्ब रुपैयाँ नोक्सानी व्यहोरिसकेको छ ।

    आगामी दिनमा आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने देखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले पेट्रोलियम पदार्थमा कोटा निर्धारण गर्ने बताए पनि निर्णय गरिसकेको छैन । पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले सवारीसाधनका लामालामा लाईन लाग्न थालेका छन् । 

    २०७८, चैत्र १९ शनिवार०७:११:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार