फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ

फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ

२०७८, चैत्र २३ बुधवार

  • 1.3K
    SHARES

  • फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ

    काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

    निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो ।

    योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

    यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको छ । यसअघि १५ सय ७५ रुपैयाँ रहेको ग्यासको मूल्य अब १६ सय रुपैयाँ पुगेको छ ।

    निगमले ठुलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी पनि गरेको छ ।

    हिजो (मंगलबार) अर्थ मन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको हो ।

    स्वचालित मूल्य प्रणाली लागू भए अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य स्वतः थपघट हुने छ ।

    २०७८, चैत्र २३ बुधवार०९:१०:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार