चैतेदसैँको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

चैतेदसैँको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

२०७८, चैत्र २६ शनिवार

  • 1.3K
    SHARES

  • चैतेदसैँको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

    गलकोट । आज चैतेदसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैतेदसैँको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ ।

    चैतेदसैँको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाटसमेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
     
    कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीसमेत परिचालन गरिएको छ । चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढे पनि आज चैतेदसैँको मुख्य दिनमा बिहान तीन बजेदेखिनै दर्शनार्थीको लाइन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । 

    “चैतेदसैँ सुरु भएसँगै दर्शनार्थीको चाप बढेकै थियो, आज मुख्य दिन दर्शनार्थीको निकै चाप छ, दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ”, अध्यक्ष खड्काले भने “गण्डकी प्रदेशमा चैतेदसैँको अवसरमा बागलुङ कालिका दर्शन निकै महत्वपूर्ण मानिँदै आएको छ, पछिल्लो समय भइरहेको प्रचारप्रसारका कारण विभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।”

    चैतेदसैँका अवसरमा गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेला  यही चैत २८ गतेसम्म चल्नेछ । अहिले कालिका मन्दिर परिसर दुलहीझैँ सिगारिएको छ । 

    २०७८, चैत्र २६ शनिवार०४:३२:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार