नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औ महाधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी 

नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औ महाधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी 

२०७८, चैत्र २९ मंगलवार

  • 4.6K
    SHARES

  • नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औ महाधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी 

    ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

    मंगलवार ललितपुरमा सम्पन्न महाधिवेशनले विष्णु प्रसाद भण्डारीको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको हो ।

    4th-1.jpg

    चैत्र २७ गतेबाट शुरुवात भएको महाधिवेशनले विधान परिमार्जन, संगठनको सांगठनिक, आर्थिक, लेखा परीक्षण तथा महिला विभागको प्रतिवेदनलाई सुझाव सहित पारित गर्दै ४ वर्षे कार्यकालका लागि नेतृत्व समेत चयन गरेर सम्पन्न गरेको छ । 

    संगठनको यस अघिको अध्यक्षमा लक्ष्मण शर्मा रहेका थिए । त्यस्तै महासचिवमा पुनः हंश बहादुर शाही निर्वाचित भएका छन् ।

    त्यसैगरी उपाध्यक्षमा कमला थापा, जङ्ग बहादुर गर्बुजा र सुर्य बहादुर दाहाल, उपमहासचिवमा एकदेव पन्थी, सचिवद्वयमा अम्बिका चापागाईं र राम प्रसाद पोखरेल,कोषाध्यक्षमा सूर्य राज बराल र सह कोषाध्यक्षमा पार्वती पोखरेल निर्वाचित भएका छन् । 

    2nd.jpg
    3rd.jpg

    २०७८, चैत्र २९ मंगलवार०४:२४:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार