सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त  

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त  

२०७८, चैत्र ३० बुधवार

  • 865
    SHARES

  • सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त  

    काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत  मनोज न्यौपाने नियुक्त भएका छन् ।

    आज बसेको बैंकको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । 

    न्यौपाने यस अघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

    काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । 

    उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् । 

    २०७८, चैत्र ३० बुधवार०६:०३:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार