गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किने

गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किने

२०७९, बैशाख ७ बुधवार

  • 889
    SHARES

  • गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किने

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी आज (बुधबार) देखि नियमित काममा फर्किने भएका छन् ।

    मंगलवार सर्वोच्च अदालतले अन्तिम निर्णय नआए सम्म गभर्नर अधिकारीलाई नचलाउन आदेश दिएको थियो । उनी गत २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका थिए । 

    गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए । उनी १२ दिनपछि कार्यालय जाँदै छन् ।

    न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

    सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।

    २०७९, बैशाख ७ बुधवार०८:३३:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार