काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज बिहान प्राथमिक सेयर बाँडफाँट गरेको हो ।
आइपिओका लागि २४ लाख ३१ हजार १७० जना आवेदन दिएकोमा १० कित्ताका दरले २२ हजार ११५ जनाले मात्रै सेयर पाएका छन् । आइपिओ गोला प्रथा विधिबाट बाँडफाँट गरिएको हो ।
१० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहेको थियो । बाँकी ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिइएको छ ।