सुनको मूल्य प्रतितोला १ लाख ५ सय

सुनको मूल्य प्रतितोला १ लाख ५ सय

२०७९, बैशाख ११ आइतवार

  • 681
    SHARES

  • सुनको मूल्य प्रतितोला १ लाख ५ सय

    काठमाडौ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ। प्रति तोलामा ४ सय रुपैयाँले घटी एक लाख ५ सयमा कारोबार भइरहेको  नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन प्रतितोला एक लाख ९ सयमा कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ।

    त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३६० रुपौयाँ कायम रहेको महासङ्घले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३१ डलर आसपास कारोबार भइरहेको छ ।

    २०७९, बैशाख ११ आइतवार१२:४५:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार