गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुने

गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुने

२०७९, बैशाख १६ शुक्रवार

  • 905
    SHARES

  • गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ।

    हिजो बिहीबार पनि  सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको हो।

    वैशाख ६ गते न्यायाधीश हरि फुयालको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्ने विषयमा मंगलबारदेखि बहस जारी छ।

    न्यायाधीश सपनाप्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजालमा सुनुवाइ भएको रिट मंगलबार पनि ‘हेर्दाहेर्दै’मा राखेर बिहीबारका लागि पेशी तोकिएको थियो।

    मंगलबार निवेदक गभर्नर पक्षका वकिलले बहस गरेका थिए भने बिहीबार सरकार एवं अर्थमन्त्री जनार्दन शर्मा पक्षका वकिलले बहस गरेका थिए।

    २०७९, बैशाख १६ शुक्रवार०९:४५:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार