तोलामा एक हजार रुपैयाँले घट्यो सुन

तोलामा एक हजार रुपैयाँले घट्यो सुन

२०७९, बैशाख २० मंगलवार

  • 1.1K
    SHARES

  • तोलामा एक हजार रुपैयाँले घट्यो सुन

    काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजारले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    २०७९, बैशाख २० मंगलवार११:३६:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार