नेप्से फेरि २३ सयमुनि झर्‍यो, सबै सूचकमा गिरावट

नेप्से फेरि २३ सयमुनि झर्‍यो, सबै सूचकमा गिरावट

२०७९, बैशाख २१ बुधवार

  • 1.0K
    SHARES

  • नेप्से फेरि २३ सयमुनि झर्‍यो, सबै सूचकमा गिरावट

    काठमाडौंं । सेयर बजारको परिसूचक नेप्से करिब ४ महिनापछि फेरि २३ सय अङ्कभन्दा तल झरेको छ ।

    यसअघि गत मंसिर २७ गते परिसूचक २३ सयमुनि झरेको थियो । दिनभर कुल १ अर्ब २६ करोड रुपैयाँको कारोबार भयो ।

    आज (बुधबार) सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ १३, विकास बैङ्क ८७, फाइनान्स ३४, होटल तथा पर्यटन ४०, जलविद्युत् ५९, जीवन बीमा २८६, उत्पादन ४४, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २१०, अन्य ३१ र व्यापार उपसमूह ४३ अङ्कले घटे । कुल १५ कम्पनीको मूल्य बढ्यो ।

    १७७ कम्पनीको मूल्य घट्दा ४ को भने स्थिर रह्यो । जल्पा सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ भने ग्रीनभेन्चरको सबैभन्दा धेरै ९.३६ प्रतिशत घटेको छ ।

    अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, नबिल बैङ्क, टेलिकम र निफ्रा कारोबार रकमका आधारमा क्रमश:अगाडि रहेका थिए  ।

    २०७९, बैशाख २१ बुधवार०४:१५:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार