सुनको मूल्य घट्यो,कारोबार कतिमा ?

सुनको मूल्य घट्यो,कारोबार कतिमा ?

२०७९, बैशाख २३ शुक्रवार

  • 1.1K
    SHARES

  • सुनको मूल्य घट्यो,कारोबार कतिमा ?

    काठमाडौँ । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

    शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

    २०७९, बैशाख २३ शुक्रवार११:४७:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार