तोलामा ६ सयले बढ्यो सुनको मूल्य

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

२०७९, बैशाख २५ आइतवार

  • 1.2K
    SHARES

  • तोलामा ६ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ६०० तोकिएको छ ।

    अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य  रु ६०० ले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार  तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।     

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।

    २०७९, बैशाख २५ आइतवार११:३५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार