नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

२०७९, बैशाख २६ सोमवार

  • 897
    SHARES

  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अङ्कले उकालो लागेर दुई हजार २६८.८४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले उकालो लागेर ४३९.४७ अङ्कले उकालो लागेको छ ।

    नेप्से उकालो लागे पनि कारोबार रकम भने उल्लेख्य मात्रामा वृद्धि भएन । कूल २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रु एक अर्ब ३९ करोड छ लाख सात हजार ७०२ बराबरको कारोबार भयो ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल एवं पर्यटन २५.८५, विकास बैंक २०.९१, जीवन बीमा ८२.१२ र लगानी ०.०७ अङ्कले ओरालो लागेको छ ।

    बैंकिङ १४.७६, व्यापार ३५.२२, जलविद्युत् १२.५३, वित्त १.६६, निर्जीवन बीमा ५७.०३, उत्पादन २७.१९, अन्य ५.१९, लघुवित्त ६०.७५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ ।

    एनआइसी एशिया बैंक रु पाँच करोड चार लाख ८९ हजार ५९१, हिमालयन डिस्टिलरी रु चार करोड ९५ लाख ८५ हजार ९४१, शिवम् सिमेन्ट रु तीन करोड ८६ लाख ७१ हजार ९९२ र नबिल बैंक रु तीन करोड ६९ लाख पाँच हजार ६८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

    नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ७.७७, उन्नती सहकार्य लघुवित्त ६.२७, सानिमा लार्ज क्याप ५.७७ र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५.३२ प्रतिशतले कमाएका छन् ।

     

    २०७९, बैशाख २६ सोमवार०५:२४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार