७ सय रुपैयाँले घट्यो सुनको मूल्य

७ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७९, बैशाख २७ मंगलवार

  • 1.2K
    SHARES

  • ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ७ सयले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि मंगलबार १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    २०७९, बैशाख २७ मंगलवार११:४०:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार