सीआईटीको नाफा रु ६१.६६ करोड, जगेडामा ५३.०७५को बढोत्तरी

सीआईटीको नाफा रु ६१.६६ करोड, जगेडामा ५३.०७५को बढोत्तरी

२०७९, बैशाख २९ बिहिवार

  • 1.4K
    SHARES

  • सीआईटीको नाफा रु ६१.६६ करोड, जगेडामा ५३.०७५को बढोत्तरी

    काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    समीक्षा अवधिमा सीआईटीले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा सीआईटीले ५९ करोड २० लाख रुपैयाँ खुदनाफा आर्जन गरेको थियो। 

    सीआईटीको ब्याज आम्दानी १३ करोड २१ लाख रुपैयाँबाट बढेर १४ करोड ७५ लाख रुपैयाँ पुगेको छ। सेवा शुल्क तथा कमिसन आम्दानी पनि ८६ करोड ३३ लाख रुपैयाँबाट बढेर ८८ करोड २७ लाख रुपैयाँ भएको छ। 

    चुक्तापुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुगेको सीआईटीको सेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

    जगेडाको आकार १३ अर्ब २६ करोड रुपैयाँबाट बढेर २० अर्ब ३० करोड रुपैयाँको उचाइमा पुगेको छ। जगेडामा ५३.०७ प्रतिशतको बढोत्तरी भएको छ।

    सीआईटीले मुद्दति निक्षेपमा १ खर्ब ७ अर्ब १२ करोड रुपैयाँ लगानी गरेकोछ। संगठित संस्थाको सेयरमा सीआईटीको १६ अर्ब ६५ करोड रुपैयाँ र नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ।

     

    २०७९, बैशाख २९ बिहिवार०१:५३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार