भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, पेट्रोल लिटरमै ८ रुपैयाँ बढ्यो

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, पेट्रोल लिटरमै ८ रुपैयाँ बढ्यो

२०७९, जेठ २ सोमवार

  • 1.4K
    SHARES

  • भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, पेट्रोल लिटरमै ८ रुपैयाँ बढ्यो

    काठमाडौं । भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरिद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको निगमले जनाएको छ ।

    आईओसीले आज पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणी उपाध्यायले बताए ।

    प्रवक्ता उपाध्यायका अनुसार डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ ।

    ‘निगमले आईओसीसँग खरिद गर्ने प्रशोधित तेलको मूल्य वृद्धिसँगै निगमको नोक्सानी थप बढेको छ,’ उपाध्यायले भने ।

    उनका अनुसार पछिल्लो ५ महिनाको अवधिमा आईओसीबाट प्राप्त हुने मूल्य सूची उच्च दरले बढेको छ ।

    ५ महिनाको अवधिमै पेट्रोलमा प्रतिलिटर ४५ रुपैयाँ, डिजेलमा ६२ रुपैयाँ, मट्टितेलमा ४०, हवाई इन्धनमा ५७ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ बढेको उनले बताए ।

    रुस/युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च दरले बढेको हो ।

     

    २०७९, जेठ २ सोमवार०५:३७:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार