७०० ले बढ्यो सुनको मूल्य

७०० ले बढ्यो सुनको मूल्य

२०७९, जेठ ८ आइतवार

  • 1.2K
    SHARES

  • ७०० ले बढ्यो सुनको मूल्य

    काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ।

    अघिल्लो दिन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ छ।

    यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ थियो।

    आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २७० रुपौयाँ कायम रहेको महासङ्घले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।

    २०७९, जेठ ८ आइतवार१२:४१:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार