ज्येष्ठ नागरिकलाई एक हजार भत्ता थप्ने सोताङ गाउँपालिकाको निर्णय

ज्येष्ठ नागरिकलाई एक हजार भत्ता थप्ने सोताङ गाउँपालिकाको निर्णय

२०७९, जेठ ८ आइतवार

  • 1.4K
    SHARES

  • ज्येष्ठ नागरिकलाई एक हजार भत्ता थप्ने सोताङ गाउँपालिकाको निर्णय

    सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकलाई फलफूल लगायतका सामाग्री खरिदका लागि हरेक चौमासिकमा एक हजार रुपैयाँ थप प्रदान गर्ने भएको छ । 

    यस्तो भत्ता पाउनेमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालबालिका पर्दछन् । नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथग्रहण गराएपछि अध्यक्ष खिलाराज बस्नेतले पहिलो कार्यपालिका बैठक राखेर यस्तो निर्णय गरेका हुन् । 

    ७० बर्ष माथिका ज्येष्ठ नागरिकको पहिचान गरी घरैमा स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिब परिवार पहिचान गरी प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट निःशुल्क उपचारको व्यवस्था गर्ने र रेफर गरिएका जटिल बिरामीलाई यातायात खर्च १० हजार रुपियाँ प्रदान गर्ने लगायतको निर्णय गरिएको पालिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

    ज्येष्ठ नागरिक समाजको अभिन्न अङ्ग भएकाले उनीहरूको स्वास्थ्य तथा सामाजिक सुरक्षामा पालिकाले विशेष ध्यान दिने अध्यक्ष बस्नेको भनाइ छ ।

    निर्वाचनको समयमा भएको झडपपछि उपचारका क्रममा ज्यान गुमाएका सुदिप राईको मृत्युप्रति दुःख व्यक्त गर्दै मृतकका बालबालिकालाई निःशुल्क शिक्षा आर्जनको व्यवस्था मिलाउने समेत निर्णय उक्त बैठकले गरेको छ ।

    २०७९, जेठ ८ आइतवार०४:१६:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार