फेरी बढ्यो पेट्रोल, ग्याससहित पेट्रोलियम पदार्थको भाउ, एलपी ग्यासको खुद्रा मूल्य १८००

फेरी बढ्यो पेट्रोल, ग्याससहित पेट्रोलियम पदार्थको भाउ, एलपी ग्यासको खुद्रा मूल्य १८००

२०७९, जेठ ८ आइतवार

  • 1.4K
    SHARES

  • फेरी बढ्यो पेट्रोल, ग्याससहित पेट्रोलियम पदार्थको भाउ, एलपी ग्यासको खुद्रा मूल्य १८००

    काठमाडौँ । सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।

    आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन(आन्तरिक) लिटरमा १० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको हो।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रुपैयाँ बढाएको थियो।

    नयाँ मूल्यसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १८० रुपैयाँ, डिजेल र मट्टितेल १६३ रुपैयाँ लिटर पर्नेछ।

    त्यस्तै एलपी ग्यासको मूल्य १८०० रुपैयाँ पर्नेछ।

    २०७९, जेठ ८ आइतवार०९:१८:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार