सुनकोशी-मरिन डाइभर्सनलाई २ अर्ब ७० करोड बजेट

सुनकोशी-मरिन डाइभर्सनलाई २ अर्ब ७० करोड बजेट

२०७९, जेठ १५ आइतवार

  • 1.5K
    SHARES

  • सुनकोशी-मरिन डाइभर्सनलाई २ अर्ब ७० करोड बजेट

    काठमाडौं । सरकारले सुनकोशी–मरिन डाइभर्सन परियोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले हेड वर्क्स र पावरहाउस निर्माणका लागि बजेट छु्टाइएको जानकारी दिएका छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ शिलान्यास गरेको राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम सुरू हुन अझै तीन महिनाभन्दा बढी समय लाग्ने अनुमान छ ।

    ठेक्का नलागी शिलान्यास गरिएको १०.०५ अर्ब लागतको यो आयोजना चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले बनाउने सम्झौता गत महिना भएको छ । यो कम्पनीले सिंचाइ विभागबाट डिजाइन पास गरेर टनेल बोरिङ मेसिन (टीबीएम) खरीद गर्दैछ ।

    सुरुङसहित यो आयोजना सक्न ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

    २०७९, जेठ १५ आइतवार०७:५५:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार