सुनको मूल्य प्रतितोला रु ९७ हजार ९००

सुनको मूल्य प्रतितोला रु ९७ हजार ९००

२०७९, जेठ २२ आइतवार

  • 937
    SHARES

  • सुनको मूल्य प्रतितोला रु ९७ हजार ९००

    काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकिएको छ । 

    अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ६०० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार थियो ।     

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु १ हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । 

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८५१ डलर आसपास कारोबार भइरहेको छ ।

     

    २०७९, जेठ २२ आइतवार०२:४३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार