बजेटबारे आजदेखि मन्त्रालयगत छलफल 

बजेटबारे आजदेखि मन्त्रालयगत छलफल 

२०७९, जेठ २३ सोमवार

  • 1.0K
    SHARES

  • बजेटबारे आजदेखि मन्त्रालयगत छलफल 

    काठमाडौँ । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदैछ।

    बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

    बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो।

    संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ।

    सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ।

    यसैबीच नेकपा एकिकृत समाजवादीले सरकारबाट आफ्ना सबै मन्त्री फिर्ता बोलाएको छ । नयाँ मन्त्रीहरुको सपथ पनि आजे शितलनिवासमा हुने छ । नवनियुक्त मन्त्रीहरुले कार्यभार राम्ररी नसम्हाल्दै सदनमा सांसदका जवाफ दिनु पर्ने भएको छ ।  

    जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ। मन्त्रीहरूको जवाफपछि बजेट पारित हुने छ।

    अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसद्मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए।

    २०७९, जेठ २३ सोमवार०८:५०:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार