घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

२०७९, जेठ २७ शुक्रवार

  • 925
    SHARES

  • घट्यो सुनको मूल्य

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ७०० तोकिएको छ ।

    पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ ।

    यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २६५ कायम रहेको महासङ्घले जनाएको छ ।

    २०७९, जेठ २७ शुक्रवार०१:४७:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार