बजेटमाथि उठेका प्रश्नको आज सम्बन्धित मन्त्रीले जवाफ दिँदै

बजेटमाथि उठेका प्रश्नको आज सम्बन्धित मन्त्रीले जवाफ दिँदै

२०७९, जेठ ३० सोमवार

  • 861
    SHARES

  • बजेटमाथि उठेका प्रश्नको आज सम्बन्धित मन्त्रीले जवाफ दिँदै

    काठमाडौँ। आर्थिक वर्ष २०७९-८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरूले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरूले जवाफ दिँदै छन् । आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरूले जवाफ दिन लागेका हुन् ।

    प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजे बस्ने छ ।

    संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुप‌न्क्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

    सम्बन्धित मन्त्रीहरूले जवाफ दिने काम सकिएपछि बजेट पारित हुने छ । त्यसपछि सरकारले खर्च गर्ने बाटो खुल्ने छ ।

    यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेस गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो । जेठ २३ गतेदेखि मन्त्रालयगत शीर्षकमा छलफल शुरु भई हिजो समाप्त भएको हो । 

    २०७९, जेठ ३० सोमवार०७:४७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार