मन्दाकिनी हाइड्रोपावरको आइपीओ खुला

मन्दाकिनी हाइड्रोपावरको आइपीओ खुला

२०७९, आषाढ १ बुधवार

  • 1.5K
    SHARES

  • मन्दाकिनी हाइड्रोपावरको आइपीओ खुला

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

    कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु पाँच करोड ८८ लाख तीन हजार ७०० मूल्य बराबरको पाँच लाख ८८ हजार ३७ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो ।

    आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, ३, ४ र ६ वडाका स्थानीय बासिन्दाले यही असार १५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

    कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा पर्ने सार्दीखोलामा चार मेगावाट क्षमताको सार्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    साथै, एनएमबी बैङ्कको हेम्जा शाखा, प्राइम कमर्सियल बैङ्कको लामाचौर शाखा र पोखरा फाइनान्सको लाहाचोकस्थित कार्यालयका साथै कम्पनीको रजिस्ट्रार कार्यालय काठमाडौँबाट समेत आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

    कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एपी बिबी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

    २०७९, आषाढ १ बुधवार१२:१०:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार