काठमाडौँ । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ।
आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ।
बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ। राष्ट्रिय सभामा छलफलकै क्रममा छ।
सत्ताधारी एकिकृत समाजवादी पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाएका कारण मन्त्रीहरुले उत्तर दिन पाउने हुन् की नपाउने हुन् निश्चित नभएको बुझिएको छ ।