१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

२०७९, आषाढ १३ सोमवार

  • 825
    SHARES

  • १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।
     
    बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

    इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।  

    २०७९, आषाढ १३ सोमवार०५:०९:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार