हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित

हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित

२०७९, आषाढ २० सोमवार

  • 1.0K
    SHARES

  • हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित

    हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले आज पारित गरेको छ ।

    उक्त उपमहानगरपालिकाको आज बसेको ११औँ अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम तथा बजेट विधेयक, २०७९ र विनियोजन  विधेयक, २०७९ सर्वसम्मतले पारित भएको हो  ।

    उपमहानगरपालिकाले यही असार १२ गते नीति तथा कार्यक्रम र सो कार्यान्वयनका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार बजेट सार्वजनिक गरेको थियो । नगरको विकासका लागि विभिन्न ठूला तथा साना, पुराना, अधुरा योजनाहरू तथा नयाँ योजनाहरू पूरा गर्न र अगाडि बढाउन आज पारित भएको बजेटले बाटो खुला गरेको बताइएको छ । 

    हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना लामाले आज पारित विनियोजन विधेयकले नगरको विकासले गति लिने बताइन् ।

    यसअघि सो उपमहानगरपालिकाले प्रत्येक वडाका वडाध्यक्ष तथा सचिवहरूलाई प्रशासन तथा योजना सञ्चालनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको थियो । 

    २०७९, आषाढ २० सोमवार०७:११:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार