पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि

पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि

२०७९, आषाढ २१ मंगलवार

  • 801
    SHARES

  • पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेको छ।

    सोमबार साँझ आयल निगमले विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

    सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ।

    निगमले प्रत्येक १५-१५ दिनमा पेट्रेलिएम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । 

    २०७९, आषाढ २१ मंगलवार०६:५७:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार