अर्थमन्त्री प्रकरणको विवादले उग्ररुप लिएपछि अर्थका दुवै सचिव विदामा 

अर्थमन्त्री प्रकरणको विवादले उग्ररुप लिएपछि अर्थका दुवै सचिव विदामा 

२०७९, आषाढ २२ बुधवार

  • 1.3K
    SHARES

  • अर्थमन्त्री प्रकरणको विवादले उग्ररुप लिएपछि अर्थका दुवै सचिव विदामा 

    काठमाडौँ । जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा मध्यरातमा प्रवेश गराएर करको दर हेरफेर गराएको प्रकरणमा अर्थमन्त्री जनार्दन शर्माको सर्वत्र राजीनामा माग्न थालिएपछि अर्थ मन्त्रालयका दुवै सचिवहरु बिदामा बसेका छन्।

    अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्कर दुवै बिदामा बसेका हुन्। १५ दिनको बिदामा बसेका राजस्वसचिव कृष्णहरि पुष्कर अष्ट्रिय पुगेका छन्।

    अर्थसचिव मरासिनीले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी गराएका थिए। अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने पनि उनले घोषणा गरेका स्रोतले बतायो । 

    पूर्व नासु रघुनाथ घिमिरे र इन्फिनिटी होल्डिङ्सका एक अधिकारीलाई गृह मन्त्रालयमा अनधिकृत प्रवेश गराएर करको दर हेरफेर गराएका थिए। त्यस्तै, त्यससँग सम्बन्धित प्रमाण (सिसिटिभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउन लागेको आरोप लागेको छ ।

    २०७९, आषाढ २२ बुधवार०१:३३:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार