साझाका विद्युतीय बस आजबाट सञ्चालनमा आउने

साझाका विद्युतीय बस आजबाट सञ्चालनमा आउने

२०७९, आषाढ २३ बिहिवार

  • 1.0K
    SHARES

  • साझाका विद्युतीय बस आजबाट सञ्चालनमा आउने

    काठमाडौँ । साझा यातायातले पहिलो चरणमा ल्याएका विद्युतीय बस आजबाट सञ्चालनमा आउने भएका छन्।

    पहिलो चरणमा ल्याएका तीनवटा विद्युतीय बस आजबाट परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरी सञ्चालन हुन लागेका हुन्।

    बसमा चालक र सहचालकको व्यवस्था हुनेछ।

    सञ्चालनमा आउन लागेको विद्युतीय बस डिजेलबाट चल्ने बसको तुलनामा सुविधासम्पन्न सम्पन्न मानिन्छ। बस वृद्ध, अशक्त र बालबालिकाका लागि उपयोगी मानिन्छ। अब बाँकी ३७ वटा बस पनि सञ्चालनमा ल्याउने साझाले जनाएको छ।

    साझा यातायातले हाल ७१ वटा डिजेल बस सञ्चालनमा ल्याएको छ।

    २०७९, आषाढ २३ बिहिवार०९:५५:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार