कृषि विकास बैंकद्धारा १५२ कर्मचारीका लागि दरखास्त आव्हान

कृषि विकास बैंकद्धारा १५२ कर्मचारीका लागि दरखास्त आव्हान

२०७९, आषाढ २४ शुक्रवार

  • 837
    SHARES

  • कृषि विकास बैंकद्धारा १५२ कर्मचारीका लागि दरखास्त आव्हान

    काठमाडौँ । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ। बैंकले लोकसेवा आयोगको सहमतिमा एक सय ५२ कर्मचारीका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो।

    प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागेको छ।

    त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ।

    कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ।

    सूचनाअनुसार साउन १२ भित्र आवेदन दिनुपर्नेछ।

    २०७९, आषाढ २४ शुक्रवार०७:२४:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार