अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट

अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट

२०७९, आषाढ ३० बिहिवार

  • 781
    SHARES

  • अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट

    काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओ बिहीबार बाँडफाँट भएको छ।

    यसमा गोलाप्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन्। जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।

    आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ।

    अपर सोलु हाइड्रोले २० देखि २३ असारसम्म सर्वसाधारणका लागि १९ करोड ५७लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

    यसमध्ये ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

    बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।

    २०७९, आषाढ ३० बिहिवार०३:२८:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार