कान्तिपुर टेलिभिजनले आइपिओ जारी गर्ने

कान्तिपुर टेलिभिजनले आइपिओ जारी गर्ने

२०७९, आषाढ ३१ शुक्रवार

  • 905
    SHARES

  • कान्तिपुर टेलिभिजनले आइपिओ जारी गर्ने

    कठमाडौँ । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।

    कान्तिपुर टेलिभिजन २०औँ वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने बताए । 

    सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

    १९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको सिरोहियाको भनाई छ । 

    २०७९, आषाढ ३१ शुक्रवार०८:१७:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार