काठमाडौं । नागरिक लगानी कोषले २०७९ साउन १ गते देखी लागु हुने सहभागीहरुलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ ।
कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई बृद्धि गरी ८ प्रतिशत पु-याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको हो ।
त्यसैगरी मिति २०७९ साउन १ देखी लागु हुने गरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०,सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।
कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले वीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक बिद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम संचालनका लागि वीमा शुल्क संकलनको कार्य गर्दे आएको छ ।
राष्ट्र सेवक कर्मचारीहरुबाट आगमी बर्षको लागि आवश्यक पर्ने वीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय वीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए।