अर्थ मन्त्रालयले सीसीटीभी हार्डड्राइभको ढिक्का दिएपनि खोजेको समयको फुटेज भेटिएन

अर्थ मन्त्रालयले सीसीटीभी हार्डड्राइभको ढिक्का दिएपनि खोजेको समयको फुटेज भेटिएन

२०७९, आषाढ ३२ शनिवार

  • 961
    SHARES

  • अर्थ मन्त्रालयले सीसीटीभी हार्डड्राइभको ढिक्का दिएपनि खोजेको समयको फुटेज भेटिएन

    काठमाडौँ । आर्थिक वर्ष २०७९-८० को बजेटमा करको दर हेरफेर गर्दा अनाधिकृत व्यक्ति संलग्न भए-नभएकोबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिलाई अर्थ मन्त्रालयले सीसीटीभीको हार्डड्राइभ नै उपलब्ध गराएको छ । तर प्राप्त हार्डड्राइभमा बजेट निर्माणको अन्तिम समयको फुटेज नै नभेटिएको एक सदस्यले जानकारी दिएका छन् ।

    करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै विरोध भएपछि अर्थमन्त्री जनार्दन शर्माले २२ असारमा राजीनामा घोषणा गरेका थिए भने संसदले २२ असारमा ११ सदस्यीय संसदीय विशेष समिति बनाएको थियो ।

    समितिले अर्थ मन्त्रालयसँग जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको फुटेज मागेको थियो । साथै करको दर कसरी हेरफेर भयो र त्यसमा कोको संलग्न थिए भन्ने पनि मन्त्रालयलाई सोधेको थियो ।

    एक सदस्यका अनुसार मन्त्रालयले जवाफी पत्रसँगै  समितिले मागेको २४ घण्टाको सीसीटीभी फुटेज नभई सीसीटीभीको हार्डड्राइभ नै उपलब्ध गराएको छ । प्राप्त हार्डड्राइभ शुक्रबार समिति सदस्यहरूले हेरेका थिए, तर त्यसमा असारको मात्र सीसीटीभी फुटेज भेटिएको छ । 

    उनका अनुसार मन्त्रालयको पत्रमा समितिलाई लेखेको जवाफी पत्रमा मागभएअनुसार सीसीटीभी फुटेज एक थान पठाएका छौँ मात्र भनिएको छ । समितिले माग गरेको दिन (बजेट निर्माणको समय)को फुटेज छ वा छैन केही भनिएको छैन । 

    एक उपभोक्ता अधिकारवादी संस्थाले दिएको निवेदनको जवाफमा भने मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र रहने र त्यसपछि क्रमशः मेटिँदै जाने बताएको थियो ।

    २०७९, आषाढ ३२ शनिवार०८:०१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार