अर्थमन्त्री शर्मा प्रकरणको संसदीय छानबिन समितिको बैठक बस्दै

अर्थमन्त्री शर्मा प्रकरणको संसदीय छानबिन समितिको बैठक बस्दै

२०७९, श्रावण १ आइतवार

  • 1.3K
    SHARES

  • अर्थमन्त्री शर्मा प्रकरणको संसदीय छानबिन समितिको बैठक बस्दै

    काठमाडौँ । आज संसदीय छानबिन समितिको बैठक बस्दैछ।

    बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

    बैठकले आज अर्थ मन्त्रालयका सहसचिवहरूसँग छलफल गर्नेछ।

    तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थमन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

    पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

    २०७९, श्रावण १ आइतवार०९:१९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार