काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा हुकुम रेष्ट्रो संचालनमा आएको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३१ का जनप्रतिनिधि समेत रहेका युवा समाजसेवी अशोक केसीले रेष्ट्रो संचालमा ल्याएका हुन् । शनिवार नेपाली चलचित्र क्षेत्रका एक हस्ती तथा अभिनेता सुनिल थापाले रिवन काटेर रेष्ट्रोको उद्घाटन गरेका छन् ।
हल्का संगितका साथमा साथित्व एवं पारिवारिक वातावरणमा मिठो र शुद्ध खानाका लागि हुकुम रेष्ट्रो परिचित हुँदै आएको छ ।
त्यस्तै, अन्य पेशाकर्मी, कलाकर्मी तथा हल्का मध्यपानका पारखीलाई पनि रेष्ट्रोले भरपुर सन्तुष्टि दिन सकेको संचालक केसीले बताएका छन् ।