प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

२०७९, श्रावण २ सोमवार

  • 1.0K
    SHARES

  • प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ ।

    पहेंलो धातु आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार १०० थियो । 

    त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ । 

    २०७९, श्रावण २ सोमवार११:५१:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार