सुनचाँदीका मूल्यमा सामान्य गिरावट

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

२०७९, श्रावण ३ मंगलवार

  • 1.3K
    SHARES

  • सुनचाँदीका मूल्यमा सामान्य गिरावट

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएको छ ।

    अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो ।     

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १६० तोकिएको छ । 

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    २०७९, श्रावण ३ मंगलवार०१:४१:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार