विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

२०७९, श्रावण ४ बुधवार

  • 937
    SHARES

  • विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

    काठमाडौं । के तपाई विदेश  यात्राको तयारीमा हुनुहुन्छरु यदि हुनुहुन्छ भने अब तपाईँले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुने छैन । 

    नेपाल राष्ट्र बैङ्कले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ ।

    नेपाल राष्ट्र बैङ्क मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ । 

    केन्द्रीय बैङ्कका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो ।

    २०७९, श्रावण ४ बुधवार०४:१४:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार