३ घण्टा बयानमा पूर्व अर्थमन्त्री शर्माले भने, बाहिरको मान्छे पस्ने कुनै सम्भावनै छैन

३ घण्टा बयानमा पूर्व अर्थमन्त्री शर्माले भने, बाहिरको मान्छे पस्ने कुनै सम्भावनै छैन

२०७९, श्रावण ६ शुक्रवार

  • 913
    SHARES

  • ३ घण्टा बयानमा पूर्व अर्थमन्त्री शर्माले भने, बाहिरको मान्छे पस्ने कुनै सम्भावनै छैन

    काठमाडौं । संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार करिब ३ घण्टा बयान लिएको छ । बिहान साढे ८ देखि साढे ११ बजेसम्म बयान लिइएको हो ।

    चालू आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको’ भन्ने आरोप विषयमा शर्मासँग समितिले बयान लिएको हो ।

    संघीय संसद् सचिवालयमा लिइएको बयानपछि बाहिरिनेक्रममा शर्माले सञ्चारकर्मीसँग सोधिएका प्रश्नको जवाफ दिएको प्रतिक्रिया दिय । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    समितिका एक सदस्यका अनुसार बयानक्रममा शर्माले ‘बजेट निर्माणमा बाहिरका मान्छे प्रवेश नगरेको’ दाबी गर्नुभएको छ । ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन, पसेको भए थाहा भइहाल्थ्यो नि ! त्यहाँ सुरक्षाकर्मी हुन्छन् । सीसीटिभी फुटेज कहिलेसम्म रहन्छ रु के हुन्छ त्यो मलाई केही जानकारी हुँदैन,’ शर्माको बयान उद्धृत गर्दै ती सदस्यले भने ।

    यसअघि, गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ । 

    छलफलमा सहभागी गराई बयान लिइसकेकामा अर्थसचिव मरासिनी र अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्कर, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा छन् ।

    त्यस्तै, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजस्व व्यवस्थापन महाशाखाका उपसचिवहरू शरद निरौला र गोपाल खत्रीसँग बयान लिइसकेको समितिले जनाएको छ । 

    २०७९, श्रावण ६ शुक्रवार०७:५५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार