फेरि बढ्यो सार्वजनिक सवारीसाधनको भाडा 

फेरि बढ्यो सार्वजनिक सवारीसाधनको भाडा 

२०७९, श्रावण ७ शनिवार

  • 1.3K
    SHARES

  • फेरि बढ्यो सार्वजनिक सवारीसाधनको भाडा 

    काठमाडौँ । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा पुनः वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । 

    नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने यसअघिको प्रावधान यथावत राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटर सम्मको गाडी भाडा २० रुपैयाँ नै कायमै छ । १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुर्‍याइएको छ । 

    त्यस्तै १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरभन्दा माथिको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ । 

    उपत्यका बाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले वृद्धि गरिएको छ । नयाँ दरअनुसार अब काठमाडौँबाट कुरीनटारसम्म पुग्न ३ सय ७ रुपैयाँ भाडा लाग्नेछ । यसअघि २ सय ८३ थियो ।

    २०७९, श्रावण ७ शनिवार०७:४७:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार