आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बि’

आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बि’

२०७९, श्रावण ७ शनिवार

  • 1.5K
    SHARES

  • आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बि’

    काठमाडौँ । लाइफ इन्स्योरेन्सको क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ।

    रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ।

    कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्दछ।

    आईएमई लाइफ इन्स्योरेन्सले १४० वटा शाखा कार्यिलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ भने कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ताहरु आवद्ध छन्।

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो।

    २०७९, श्रावण ७ शनिवार०८:११:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार