श्वेत-गंगा हाइड्रोपावरको आईपीओमा आवेदनका लागि आज अन्तिम दिन

श्वेत-गंगा हाइड्रोपावरको आईपीओमा आवेदनका लागि आज अन्तिम दिन

२०७९, श्रावण ८ आइतवार

  • 861
    SHARES

  • श्वेत-गंगा हाइड्रोपावरको आईपीओमा आवेदनका लागि आज अन्तिम दिन

    काठमाडौँ । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ।

    कम्पनीले साउन ४ गते देखि सर्वसाधारणका लागि साधारण सेयर निष्कासन खुला गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख हुन आउने सेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो।

    १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको छ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ।

    २०७९, श्रावण ८ आइतवार०८:०३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार