बीमा कम्पनीको आवश्यक सङ्ख्या अध्ययन हुँदै

बीमा कम्पनीको आवश्यक सङ्ख्या अध्ययन हुँदै

२०७९, श्रावण ९ सोमवार

  • 1.1K
    SHARES

  • बीमा कम्पनीको आवश्यक सङ्ख्या अध्ययन हुँदै

    काठमाडौँ । मुलुुकमा कतिवटा बीमा कम्पनी आवश्यक छ भन्ने विषयमा नियामक निकाय बीमा समितिले अध्ययन सुरु गर्ने भएको छ । अहिले देशमा कतिवटा बीमा कम्पनीको आवश्यकता छ । कतिवटा कम्पनी हुँदा पुग्छन् भनी कुनै अध्ययन छैन ।

    चालू आर्थिक वर्ष २०७९-८० मा नेपालमा कति बीमा कम्पनीको आवश्यकता छ भन्ने विषयमा अध्ययन गर्न लागेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । पछिल्लो समय बीमा कम्पनीहरू मर्जरमा गइरहँदा के कति कम्पनी आवश्यक हुन्छ भन्ने चर्चा चलेपछि सो अध्ययन सुरु हुने भएको छ । 

    समितिले पनि नेपालको भूगोल, अर्थतन्त्रको अवस्था हेरेर कति बीमा कम्पनी चाहिने हो अध्ययन गर्न लागेको हो । जनसङ्ख्याका आधारमा भारतमा भन्दा कम जनसङ्ख्या रहेको देश नेपालमा कसरी बीमा कम्पनी धेरै भन्ने प्रश्न पटकपटक उठ्ने गरेको भन्दै यसै प्रश्नको उत्तर मेटाउन चालू आर्थिक वर्षदेखि समितिले नेपालमा कति बीमा कम्पनी आवश्यक छ भन्ने विषयमा अध्ययन गर्न लागेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    समितिका अनुसार अहिले नेपालमा १९ वटा जीवनतर्फ र २० वटा निर्जीवनतर्फ गरी कुल ३९ वटा बीमा कम्पनी सञ्चालनमा रहेकामा हालसम्म दुईवटा कम्पनी मर्जर भई एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । १७ वटा कम्पनीले मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेका छन् ।

    गत चैतमा बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको नीति ल्याएको समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको पुँजी साढे दुई अर्ब पुर्याउनुपर्ने मापदण्ड तोकेपछि कम्पनीमा मर्जरको माहोल सुरु भएको थियो । 

    अहिलेसम्म १० वटा निर्जीवन र सातवटा जीवन बीमा कम्पनीले मर्जरका लागि सम्झौता गरिसकेका छन् ।

    नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको एक अध्यनबाट निष्कर्ष निकालिसकेको छ । यसै पनि वाणिज्य बैङ्कको सङ्ख्या घटाउन मर्जरमा जोड दिँदै आएको राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सर्वेक्षण गरेको थियो ।

    २०७९, श्रावण ९ सोमवार०७:३९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार