मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला 

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला 

२०७९, श्रावण ९ सोमवार

  • 1.2K
    SHARES

  • मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला 

    काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

    कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    १२ साउनसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

    यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ।

    २०७९, श्रावण ९ सोमवार०९:२८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार